नेकपा विभाजन हुने अवस्थामा पुग्दैन : मन्त्री त्रिपाठी
बुधबार, १० मङ्सिर २०७७, १९ : १२
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नहुने बताएका छन् ।
स्वतन्त्र राजनीतिक समूह नवलपरासी(बर्दघाटसुस्ता पश्चिम)ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहनुभएका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त हुने खतरा रहेकाले विभाजनको अवस्थामा नपुग्ने विश्वास व्यक्त गरे ।
आयोजक समूहका संयोजक त्रिपाठीले भने, ‘अहिलेको आवश्यकता भनेको वैचारिक÷राजनीतिक बहस हो, वैचारिक बहस भएमा मुलुक सही दिशातर्फ अग्रसर हुन्छ ।’
अर्को प्रसङ्गमा मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटेपछि संसद्को आगामी अधिवेशन बोलाइने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड
-
भन्सार जाँचपास सम्बन्धि प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’