बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा ४ किलो गाँजासहित जोखु यादव पक्राउ

बुधबार, १० मङ्सिर २०७७, १९ : ३७
बुधबार, १० मङ्सिर २०७७

रौतहट । रौतहटको दिपही जयनगर सडकखण्डमा प्रहरीले चेकजाँचको क्रममा ४ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिवनगरको टोलीले चेकजाँच गर्दा माधव नारायण नगरपालिका १ का ६० बर्षीय जोखु राय यादवलाई ४ किलोग्राम लागु औषध गाँजासहीत पक्राउ गरेको हो ।

यादवले चलाएर ल्याएको साईकलको पछाडी बोरामा राखेको अवस्थामा गाँजासहीत प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रबी रावलले जानकारी दिएका छन् ।

निजमाथी लागुऔषध सम्बन्धी मुद्धा दर्तागरी अदालत बाट म्याद थमाएको तथा आरोपी ईलाका प्रहरी कार्यालय गरुडाको यिन्त्रणमा रहेको र घटनाबारे थपअनुसंधान भइरहेको डिएसपी रावलले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप