शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनवल नगरपालिका नगर प्रमुख भरत थापालाई कोरोना संक्रमण

बुधबार, १० मङ्सिर २०७७, २० : ५५
बुधबार, १० मङ्सिर २०७७

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । नगरबासीको सेवामा अहोरात्र खटिँदै आएका नगर प्रमुख थापालाई ज्वरो र खोकी लागेपछि उनले कोरोना परीक्षणका लागि पिसिर चाँज गराउदा रिपोर्ट पोजटिभ देखिएको हो । 

नगर प्रमुख थापा अहिले होम आइसोलसनमा बसी चिकित्सकको परामर्शमा औषधी तथा पोषिलो खानेकुराहरु लिइरहेका छन् ।

सुनवल नगरपालिकामा कोभिड–१९को संक्रमण रोकथामका जिल्लामै व्यस्थित र सुरक्षित बनाउन नगर प्रमुख थापा अहोरात्र खटिँदै आएका थिए । 

नगर प्रमुख पदमा निर्वाचित भएपछि नगर प्रमुख थापाले पाउने तलब सुविधा बापतको रकम पुरै सामाजिक क्षेत्रमा खर्चिँदै आएका छ्न ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप