शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं १ मा ३७२ सङ्क्रमित थपिए, १३८ डिस्चार्ज

बुधबार, १० मङ्सिर २०७७, २१ : २७
बुधबार, १० मङ्सिर २०७७

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार २३८ जनाको पिसीआर परीक्षण गरिएकामा १४७ महिलासहित ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका १५९ मध्ये विराटनगरमा १२१, सुनसरीका ५७, झापाका ९७, सङ्खुवासभाका २७, इलामका १२, पाँचथरका चार, भोजपुरका दुई, तेह्रथुम र उदयपुरका एक-एक तथा प्रदेश बाहिरका १२ जना रहेका छन् । प्रदेशमा आज डिस्चार्ज हुने होम आइसोलेशनबाट १३७ जना र मेची अस्पतालबाट एक जना मात्र छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप