बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रहेनन् डिएगो म्याराडोना

बुधबार, १० मङ्सिर २०७७, २२ : ४२
बुधबार, १० मङ्सिर २०७७

 

फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा पूर्वम्यानेजरको मस्तिष्कको अपरेशन गरिएको थियो । त्यतिबेलै अल्कोहलको उनको लतको उपचार गर्नुपर्ने पनि घोषणा गरिएको थियो ।

सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिनाका  लागि ९१ खेलमा ३४ गोल गरेका थिए । क्लबस्तरमा उनले बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए । इटालियन टोलीबाट उनले दुईवटा सिरिए ए उपाधि समेत जितेका थिए । 

म्याराडोना फुटबल इतिहासकै महानतम खेलाडीमध्ये एक मानिन्छन् । विशेषगरी ब्राजिलका पेले र म्याराडोनामध्ये को महान् भन्ने बहस चलिरहन्छ ।  फिफाले सन् २००० मा शताब्दीकै उत्कृष्ट फुटबलरको चयनका लागि गरेको अनलाईन भोटिङमा उनले सर्वाधिक मत ल्याएका थिए । यो अवार्ड पेले र म्याराडोनालाई संयुक्त रुपमा प्रदान गरियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप