बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले यसरी फेरिदियो जीवन, पाइलट गरिरहेछन् ‘फूड डेलिभरी’ को काम

बिहीबार, ११ मङ्सिर २०७७, ०८ : ०९
बिहीबार, ११ मङ्सिर २०७७

कोरोन महामारीका कारण थुप्रैको जीवन नराम्रोसँग प्रभावित भइरहेको छ । संसारभरी राजगारीमा कमी आएको छ र थुप्रै क्षेत्र यस्ता छन् जुन नराम्रोसँग धरासयी बनेका छन् । तीमध्ये उड्डयन क्षेत्र प्रमुख हो । 

थुप्रै महिनादेखि संसारका विभिन्न हिस्सामा गरिएको लकडाउनका कारण उड्डयन क्षेत्रमा निकै क्षती पुगेको छ । रुसका एक जवान पाइलट रोमममाथि पनि यस्तै भएको छ । रोमले आफ्ना दुई तस्बिर रुसको सोसल मिडिया प्लेटफर्म पिकाबूमा सेयर गरेका थिए जुन निकै चर्चित भइरहेको छ ।

रोमनको एउटा तस्बिर सन् २०१९ को हो र अर्को सन् २०२० को । यो तस्बिरको सहारा लिएर रोमन यो देखाउन चाहन्थे कि उनको जीवन एक वर्षमा परिवर्तन भइसकेको छ । एक वर्ष अघिसम्म रोमन पाइलट थिए र आजको समयमा उनी घर–घरमा खाना पुर्याउने काम गर्छन् । 

रोमले बोर्ड पान्डासँगको कुराकानीमा आफू २३ वर्ष पुगेको र पछिल्लो तीन वर्षदेखि पाइलटको रुपमा काम गरिरहेको जानकारी दिए । 

सो कुराकानीमा उनले भने, ‘गत वर्ष मैले करिब ९ण् देखि सय घण्टाको उडान भरेको थिएँ तर यस वर्ष १४० घण्टाको मात्रै उडान भर्न पाएँ । म अहिलेपनि एयरलाइन पाइलटको रुपमा काम गरिरहेको छु तर औसतमा मैले एक महिनामा एक फ्लाइट उडाउने मौका पाउँछु । यसको अर्थ यो हो कि लगभग पूरा महिना म खाली हुन्छु ।’

रोमनले थपे, ‘यसैकारण मैले खाली समयमा एभिएसनको स्पेयर पार्टस्को पसलमा सेल्स एजेन्टको रुपमा काम गर्ने निर्णय गरेँ र विकेन्डमा फुड डेलिभरीको काम गर्छु । इमान्दारीपूर्वक भन्नु पर्दा मलाई यो काम गर्न कुनै समस्या छैन । एक हप्ता कम्प्युटर अगाडि बिताएपछि तपाईंले शहर घुम्ने मौका पाउनुहुन्छ, मानिसहरु देख्न पाउनुहुन्छ र खाना डेलिभरी गर्ने बेला तपाईंले आफूलाई मनपर्ने गीत पनि सुन्न सक्नुहुन्छ । त्यसैले मलाई यसमा खासै समस्या छैन ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप