
पाँचवटा गोली लागेर जङ्गलमा छट्पटाइरहेका घाइते फेला

काठमाडौँ । दाङमा गोली लागेको अवस्थामा एक पुरुष वेवारिसे अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पाँच वटा गोली लागेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल फेला परेका हुन् ।
बुधबार राति साढे १० बजे दाङ लमही नगरपालिका–९ च्याउ खोला (जंगल)मा गोली लागेर गम्भीर घाइते भएको अवस्थामा पौडेल फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
सिंहका अनुसार पौडेलको ढाडमा ३ वटा गोली र दाहिदे खुट्टाको तिघ्रामा २ वटा गोली लागेको छ । यद्यपी कसले किन पौडेलमाथि गोली चलायो खुल्न नसकेको डीएसपी सिंहले बताए ।
गम्भीर घाइते अवस्थामा फेला परेका पौडेललाई तत्कालै एम्बुलेन्समार्फत बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचारको पठाइएको सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ