शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तपाईं अविवाहित वा एक्लो हुनुहुन्छ भने शरीरमा पर्नसक्छन् यस्ता असर

बिहीबार, ११ मङ्सिर २०७७, १० : २४
बिहीबार, ११ मङ्सिर २०७७

सम्बन्ध र स्वास्थ्यको तालमेल एक–आपसमा उल्झिएको छ । तपाईंले धेरैजसो सुन्नुभएको होला कि विवाहपछि मानिसहरु मोटो हुन्छन् र वा पातलो हुनका लागि अविवाहित नै बस्नुपर्छ । यद्यपि, विज्ञ यो कुरा अस्विकार गर्छन् । उनीहरुका अनुसार हरेक सम्बन्ध र हरेक व्यक्तिको व्यक्तित्व भिन्न हुन्छ । विज्ञले एक्लो बस्नुका फाइदा र हानीबारे बताएका छन् । आउनुहोस्, यसबारे जानकारी लिऔं । 

तौल कम बढ्छः

हेल्थ साइकोलोजी पत्रिकामा छापिएको सन् २०१३ को एक अनुसन्धान अनुसार विवाहको चार वर्षमा धेरैजसो जोडीको तौल पहिलेको तुलनामा बढ्न थाल्छ । यसको एउटा मुख्य कारण के हो भने विवाहपछि मानिसहरु लापरवाही गर्छन् र जोडी एक–अर्कासँगै खुसी हुन्छन् । यस्तै, अष्ट्रेलियाको बडी इमेज नामको पत्रिकामा छापिएको एक अनुसन्धान अनुसार जो महिला विवाह अघि स्लिम रहनका लागि दबाबमा हुन्छन् उनीहरुको तौल विवाह गरेको ६ महिनामा नै बढ्ने गर्छ । यस्तै अमेरिकाको मिनेसोटा विश्वविद्यालयका अनुसार आफ्ना सिंगल साथीको तुलनामा विवाहित पुरुष बढी मोटा हुन्छन् । 

रुटिन बन्छः

स्वास्थ्य विज्ञका अनुसार विवाहितको तुलनामा एक्ला व्यक्ति आफ्नो स्वास्थ्यमा बढी ध्यान दिन्छन् । उनीहरु समयमा व्यायाम गर्छन्, स्वस्थ खानेकुरा खान्छन् र आफ्नो जीवनशैली पूर्ण रुपमा सही राख्छन् । मेरिल्याण्ड विश्वविद्यालयको सन् २००४ को एक अनुसन्धान अनुसार विवाहितको तुलनमा एक्ला व्यक्ति बढी व्यायाम गर्छन् । 

एक बेलायती सर्वेक्षणका अनुसार ७६ प्रतिशत विवाहित पुरुष र ६३ प्रतिशत विवाहित महिला हप्तामा १५० मिनेटको फिजिकल एक्टिभिटीको लक्ष्य हाँसिल गर्न असफल भए जबकी यो सूचीमा एक्लो व्यक्तिको आँकडा ३३ प्रतिशत थियो । 

सँगै हुन्छन् साथीः

म्यासाचुसेट्स युनिभर्सिटीको एक शोध अनुसार कपल्सको तुलनामा सिंगल व्यक्तिले सम्बन्ध निकै छिटो बनाउँछन् र आफ्नो दोस्ती निभाउँछन् । यतिमात्रै होइन, आफन्त र छिमेकीसँग पनि उनीहरुको सम्बन्ध राम्रो हुन्छ । अर्को एक अनुसन्धानका अनुसार सिंगल व्यक्ति आफ्नो इच्छाले अरुको काम गर्छन् र भाइ बहिनीसँग नजिकको सम्बन्ध स्थापित गर्छन् । 

कामबारे तनाव लिँदैनन्ः

एक धारणा बनेको छ कि एक्ला व्यक्तिहरु सधैं पार्टनरको खोजीमा रहन्छन्, जबकी यस्तो सबैसँग हुन्छ । वास्तविकता यो हो कि विवाहित व्यक्तिको तुलनामा एक्ला व्यक्ति कम तनाव लिन्छन् र जीवन खुलेर बाँच्छन् । सन् २००५ को मिशिगन विश्वविद्यालयको एक शोध अनुसार विवाहित व्यक्तिको तुलनमा एक्ला व्यक्ति घरको काम कम गर्छन् । 

पैसाबारे कम तनावः

पैसा कम कमाउँदा पनि एक्ला व्यक्तिहरु खुसी हुन्छन् जबकि विवाहित व्यक्तिहरु यस्तो हुन सक्दैनन् । सन् २०१४ मा २००० भन्दा बढी विवाहित व्यक्तिमाथि गरिएको एक सर्वेक्षणमा हरेक तीनमध्ये एक व्यक्तिले पैसाका लागि आफ्नो पार्टनरसँग झुटो बोल्ने गरेको स्विकार गरे । यसबाहेक धेरैजसो विवाहित व्यक्तिको क्रेडिट कार्डमा ऋण हुन्छ जसले उनीहरुलाई मानसिक रुपमा तनावमा पारेको हुन्छ । 

जीवनलाई खुलेर बाँच्छन्ः

सिंगल व्यक्तिलाई एक्लो र दुःखी भएको दृष्टिकोणले हेरिन्छ तर यस्तो स्थिती सधैं रहँदैन । सिंगल व्यक्तिहरुको स्टेटसमा परिवर्तन भइरहन्छ । विशेषज्ञका अनुसार यस्ता धेरै मानिसहरु छन् जो सिंगल बस्दा पनि निकै खुसी हुन्छन् र जीवनलाई खुलेर बाँच्छन् । मानिसहरुले उनीहरुबारे के सोच्छन् भनेर उनीहरुलाई मतलबै हुँदैन । उनीहरु एक्लोपनमा राम्रोसँग बाँच्छन् । 

मुटुको स्वास्थ्यलाई खतराः

अमेरिकन कलेज अफ कार्डिओलोजीको एक अनुसन्धान अनुसार विवाहित व्यक्तिको तुलनमा सिंगल व्यक्तिमा मुटु रोगको खतरा पाँच प्रतिशत हुन्छ । शोधका अनुसार सम्बन्धविच्छेद भइसकेका मानिसहरुमा पनि मुटुको खतरा बढी हुन्छ । यद्यपि, अहिलेसम्म कुनै पनि शोधमा यो स्पष्ट हुन सकेको छैन कि विवाहित हुनु मुटुका लागि राम्रो हो । टेक्सास विश्वविद्यालयमा ९ हजारभन्दा बढी व्यक्तिमाथि गरिएको एक शोधमा विवाहित र सिंगल व्यक्तिमा मुटुरोगको खतरामा कुनै ठूलो अन्तर देखिएको छैन । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप