शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा १८८१ को रेकर्ड तोडियो, प्रिओपनिङ सेसनमै २० अंकले बढ्यो बजार

बिहीबार, ११ मङ्सिर २०७७, ११ : १७
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । औपचारिक कारोबार सुरु हुनुभन्दा अघि नै १८ अंकले बजार बढ्दा नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । ४ वर्षअघि १ हजार ८ सय ८१ अंकसम्म पुगेर ओरालो लागेको नेप्सेले त्यो विन्दुलाई पार गरेको हो । 

बुधबार १ हजार ८ सय ७४ अंकमा बन्द भएको बजार परिसूचक बिहीबार बिहान प्रिओपनिङ सेसनमै करिब २० अंकले बढेर १ हजार ८ सय ९४ बाट कारोबार सुरु भएको हो । बैंक र विकास बैंकको समूहले आजको समग्र बजारको नेतृत्व गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप