बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म्याराडोनाको नाममा नेपल्सको रंगशाला

बिहीबार, ११ मङ्सिर २०७७, १२ : २७
बिहीबार, ११ मङ्सिर २०७७

इटलीको नेपल्स शहरस्थित स्टेडियो सान पाओलो रंगशालालाई म्याराडोनाको नाममा नामाकरण गरिने नेपल्सका मेयर लुईगी डि मागीस्ट्रिजले जनाएका छन् । बुधबार हृदयघातका कारण ६० वर्षको उमेरमा म्याराडोनाको निधन भएको थियो । 

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो भने १९९० को विश्वकपमा फाइनलसम्मको यात्रा गरेको थियो । 

म्याराडोनाले १९८४ देखि  १९९१ सम्म नापोली क्लबबाट खेलेका थिए । र, दुईपटक नापोलीलाई लिग उपाधि जितका थिए । त्यसैले नापोलीमा म्याराडोना समर्थकमाझ निकै लोकप्रिय छन् । कतिपयले घरमा जिसस क्राइस्टको फोटोसँगै म्याराडोनाको तस्विर पनि राख्ने गरेका छन् । ‘ फुटबल नेपल्सको धर्म हो र म्याराडोना यहाँ भगवान्,’ समर्थकहरुले भन्ने गरेका छन् । ‘हामी स्टेडियो सान पाओलो डिएगो अर्मान्डो म्याराडोनाको सम्मानमा नामाकरण गर्नेछौं,’ मेयर मागीस्ट्रिजले ट्वीटमा लेखेका छन्,‘उनी सर्वकालिन महान् फुटबलर हुन् । उनले हाम्रा मानिसलाई सपना देखाए । उनले आफ्नो प्रतिभा यहाँ देखाए ।’

नेपल्सले २०१७ मा म्याराडोनालाई मानार्थ नागरिकता दिएको थियो । ‘नेपोलिटन र अर्जेन्टिनी, तिमीले हामीलाई खुसी दियौं । नेपल्सले तिमीलाई माया गर्छ,’ मागीस्ट्रिजले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप