बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पिपुल्स पावरको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

बिहीबार, ११ मङ्सिर २०७७, १३ : ०५
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो नियुक्ति सम्बन्धी सम्झौता मंसिर ११ गते बिहिबार सम्पन्न भएको छ । संझौतामा पिपुल्स पावका सञ्चालकसन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । 

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप