शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आमिर खानकी छोरीको पुनः बस्यो माया, बुवाका फिटनेस कोचलाई गरिरहेकी छिन् डेटिङ

बिहीबार, ११ मङ्सिर २०७७, १३ : ३२
बिहीबार, ११ मङ्सिर २०७७

बलिउडका सुपरस्टार भनिने आमिर खानकी छोरी इरा खान चर्चित स्टारकिटमध्ये एक हुन् । यद्यपि, इरा अहिले बलिउडमा प्रवेश गरिसकेकी छैनन् तर उनका थुप्रै फ्यान फलोविङ भने छन् । इराले आफ्ना पूर्व प्रेमी मिशाल कृपलानीसँगको लवी–डवी फोटो सेयर गरेर निकै चर्चा कमाउने गर्छिन् । तर डिसेम्बर २०१९ मा इरा र म्युजिक कम्पोजर मिशालको ब्रेकअप भयो । २३ वर्षकी इराले आफ्नो ब्रेकअपको विषयमा इन्स्टाग्राममा एउटा पोस्ट पनि सेयर गरेकी थिइन् । 

पुनः प्रेममा परेकी छिन् इराः

इरा हाल आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छिन् । अर्थात् मिशाल कृपलानीसँगको ब्रेकअपपछि इरा पुनः प्रेममा परेकी छिन् । खबरलाई विश्वास गर्ने हो भने कोभिड–लकडाउनका क्रममा इरा र नुपुर शिखरेबीच प्रेम बसेको थियो । नुपुर उनका पिताका फिटनेस कोच हुन् । खबरका अनुसार उनीहरु पछिल्लो ६ महिनादेखि डेट गरिरहेका छन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Popeye ⚓ (@nupur_shikhare)

लकडाउनका बेला नजिकिएः

इरा र नुपुर लकडाउनका बेला नजिकिएका हुन् र दुबैको सम्बन्ध निकै बलियोसँग अघि बढिरहेको देख्न सकिन्छ । इरा र नुपुरले सोसल मिडियामा आफ्ना थुप्रै भिडियो सेयर गरेका छन् जसमा दुबै वर्कआउट गरिरहेको देख्न सकिन्छ । 

भारतीय मिडियाको खबरलाई विश्वास गर्ने हो भने इरा र नुपुर आमिर खानको महाबलेश्वरम फार्महाउसमा छुट्टी मनाउन गएका थिए । त्यतिबेला उनीहरुले एक–साथ लामो समय बिताए । इराले नुपुरलाई आफ्नी आमा रिना दत्तासँग पनि भेट गराइसकेको बताइएको छ । दुबैले दिवाली पनि सँगै मनाएको तस्बिर सार्वजनिक भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप