शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रस्तोतामा बर्देेवा भित्रिएपछि ‘जुनकिरी लाइभ दोहोरी’ परिमार्जित

बिहीबार, ११ मङ्सिर २०७७, १४ : १६
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित दोहोरी कार्यक्रम ‘जुनकिरी लाइभ दोहोरी’ परिमार्जित भएको छ । चलन चल्तीकै तरिकाबाट प्रसारण हुँदै आएको कार्यक्रममा १५ औं श्रृखलाबाट परिमार्जित भएको हो ।
‘जुनकिरी लाइभ दोहोरी’ कार्यक्रममा प्रस्तोताको रुपमा लोकगायक तथा कार्यक्रम प्रस्तोता राजेश बर्देवा भित्रिएपछि कार्यक्रमको फम्र्याटमा केही परिवर्तन गरिएको हो ।

परिमार्जित कार्यक्रममा अब दर्शकले गायन क्षेत्रको बिभिन्न संघर्ष कलाकारको मुखबाट सुन्नुका साथै केही फरक–फरक लोकदोहोरी भाषाका एउटै कलाकारबाट सुन्न पाउनेछन् । यस अगाडी अशोक धिताल र सुरु थापाले प्रस्तुत गर्दै आएको कार्यक्रम अब भने राजेश र सुरुको प्रस्तुतिमा देख्न सकिनेछ ।

नेपाली मौलिक लोकदोहोरी संरक्षण र सम्बर्धन गर्ने उदेश्यले जुनकिरी म्युजिक एण्ड फिल्मस् प्रालिले सुरु गरेको कार्यक्रम ‘जुनकिरी लाइभ दोहोरी’ हरेक शुक्रबार साँझ ६ बजेदेखि ७ बजेसम्म बिगत १५ सातादेखि नियमित प्रसारण हुँदै आएको छ । कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरु प्रस्तुत गर्दै अगाडि लगिने कार्यक्रम प्रस्तोता बर्देवाले जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप