जेनिफर लोपेजले प्रशंसकलाई दिइन् सरप्राइजः गीतका लागि उतारिन् सबै कपडा
जेनिफर लोपेजको सिंगल ‘इन द मर्निङ’ २७ नोभेम्बरमा रिलिज भइरहेको छ । यसअघि उनले यसको कभर फोटो सार्वजनिक गरेकी छिन् । जेनिफर लोपेजले कभरका लागि न्यूड पोज दिएकी छिन् । उनले उक्त तस्बिर ट्वीट गरेकी छिन् जसमा उनले शरीरलाई यसरी ढाकेकी छिन् कि यो सेन्सर हुनबाट जोगिएको छ ।
मानिसहरुले ५१ वर्षमा पनि सुगठित शरीरको गरिरहेछन् तारिफः
जेलोले सोसल मिडिया ह्यान्डलमा उक्त तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘सरप्राइज ’ यो हो ‘इन द मर्निङ’ का लागि आधिकारिक कभर आर्ट, सिंगल शुक्रबार आउने तयारीमा छ । जेनिफर लोपेजका प्रशंसक ५१ वर्षको उमेरमा पनि उनको यस्तो शरीरको तारिफ गरिरहेका छन् ।
Surprise! Here’s the official cover art for #InTheMorning ✨ Single drops Friday ✨📸: Mert & Marcus pic.twitter.com/ZS7w3KqI4y
— jlo (@JLo) November 25, 2020
कोरोनाका कारण रोकिएको थियो विवाहः
जेनिफरले आफ्नो गीतको सानो भिडियो पनि पोस्ट गरेकी छिन् जसमा उनको क्लोजअप देखिएको छ । उनको नीजि कुरा गर्ने हो भने जेनिफर र उनका पार्टनर एलेक्सले कोरोनका कारण आफ्नो विवाह सारेका छन् । सन् २०१८ मा दुबैले इन्गेजमेन्ट गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै