पोखराबाट गाँजासहित ३ जना पक्राउ
पोखरा । कास्कीमा गाँजासहित तीन जना पक्राउ परेका छन् । लागू औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की मातहत इलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले हिजो बेलुकी साढे ४ बजे पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोकबाट समातेको थियो । झोला भित्र लुकाएर राखेको गाँजा १ किलो १ सय ग्राम, मोबाइल २ थान र नगद ३ हजार ७ सय रुपैयाँ बरामद गरेको प्छहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर ३१ किमबेशी बस्ने २६ वर्षीय जीवन भुजेल, रुपा गाउँपालिका वडा नम्बर ७ स्याक्लुङ बस्ने २६ वर्षीय रुबिन गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ३१ लामागाउँ बस्ने १७ वर्षीय युवक रहेका छन् । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार
-
गण्डकीको दोस्रो जित, कोशी प्रदेशको लगातार पाँचौँ हार
-
लसुन आयातमा ९ महिनामा १९ करोड बाहिरियो
-
बिदा भए कतारका अमिर, तस्बिरमा हेर्नुहोस्
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश