
२४ घण्टामा १६१४ संक्रमित थपिए, २३ को मृत्यु

बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४३७ जना संक्रमणमुक्त समेत भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९ हजार ४३५ जना रहेको छ ।
अब देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ जना रहेको मन्त्रालयको भनाइ छ । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण भइसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ