
नेपाल–भारत परराष्ट्र सचिव वार्ता : छलफलको राम्रो सुरुवात भएको भारतीय विदेश सचिवको प्रतिक्रिया

नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिए ।
उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बतााउँदै आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको जानकारी दिए ।
वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृंगला सहभागी थिए । भारतीय विदेश सचिव श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आएका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ