शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमामा १५ श्ययाको सरकारी अस्पताल शिलान्याश

बिहीबार, ११ मङ्सिर २०७७, १७ : ४६
बिहीबार, ११ मङ्सिर २०७७

 रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ स्थित गोरकट्टामा निर्माण हुने १५ श्ययाको सरकारी अस्पतालको आज शिलान्याश गरिएको छ ।

 हरेक पालिकामा कम्तिमा एउटा १५ श्ययाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार बन्न थालेको आनन्दवन अस्पतालको बिहीबार अर्थमन्त्री विष्णु पौडेलले शिलान्याश गर्दै निर्माण कार्यमा बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए ।  

उनले भने, ‘बजेटको सुनिश्चितता म गराउँछु । तपाईंहरुले गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस् ।’ उनले तिलोत्तमाकैं सेमरा बजार स्वास्थ्य चौकीलाई समेत अस्पतालमा स्तरोन्नति गराउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत जनाए । 
अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापन गरी तिलोत्तमामा बसपार्क, स्तरीय सडक, पूल, सिँचाई नहरलगायत थुप्रै विकासे योजना अघि बढाइने पनि बताए ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले रुपन्देहीले विकासमा ठूलो फड्को मारेको बताउँदै तिनै तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उल्लेख  गरे ।

२०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी  अस्पताल बनाउन थालिएको हो । अस्पताल पूर्णनिर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । 
 बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नति भएसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध गराउने स्वास्थ्य चौकी ईञ्चार्ज ज्ञान प्रसाद पौडेलको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप