शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगान सुरक्षा कारबाहीमा परी ९ तालिबान लडाकू मारिए

बिहीबार, ११ मङ्सिर २०७७, १७ : ४९
बिहीबार, ११ मङ्सिर २०७७

एजेन्सी । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा नौ तालिाबानी लडाकू मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा बिहीबार जानकारी दिएको छ । ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा परी तालिबानी समूहका नौ लडाकू मारिएका समाचारमा जनाइएको छ । 

कारबाहीको क्रममा सुरक्षाबलले युद्धकविमान समेत प्रयोग गरेको जनाइएको छ । कारवाहीको क्रममा अन्य आठ लडाकू घाइते भएका जनाइएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबान विरुद्धको कारबाही भने जारी रहेको बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलो मिटर पश्चिममा रहेको हेरात प्रान्तको प्रन्तीय शहर हेरात शहरमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीकाके विषयमा कुनै टिप्पणी गरेको छैनन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप