केन्द्रीय संस्करण

सनराइजमा खाता खोल्न अझै सजिलो, अनलाइनबाटै ‘सनराइज स्मार्ट  बचत खाता’ खोल्न सकिने

person explore access_timeमंसिर ११, २०७७ chat_bubble_outline0

काठमाडौं । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ अभियान अगाडी बढाउदै आएको सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई प्रिथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको छ । 

यसै अनुरुप बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट  बचत खाता’ ल्याएको छ । 

यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल ट्रान्जेक्सन समेत गर्न सक्नेछन् । 

उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइट http://onlineservices.sunrisebank.com.np/account/default मा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ । 

यसरी अनलाइनबाट खोलिएका शुन्य मौज्दातमा ‘सनराइज स्मार्ट  बचत खाता’ खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ । 

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सन्राइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्ग मार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.