शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनयमा कमब्याक गर्दै जया प्रदा

बिहीबार, ११ मङ्सिर २०७७, १८ : ३२
बिहीबार, ११ मङ्सिर २०७७

मुम्बई । अभिनेत्री जया प्रदाले अभिनयमा कमब्याक गर्ने भएकी छन् । लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी उनले पञ्जाबी फिल्ममार्फत अभिनयमा फर्किन लागेकी हुन् । उक्त फिल्ममा अभिनेता राज बब्बरको पनि अभिनय रहनेछ ।

समाचारमा उल्लेख भएअनुसार जयाको अभिनय रहने पञ्जाबी फिल्मको नाम ‘भूत अंकल तुस्सी ग्रेट हो’ रहेको छ । जयाको यो पञ्जाबीमा डेब्यु फिल्म हो । फिल्मका निर्देशक केसी बोकाडिन्या रहेका छन् । जयाले केसीसँग यस अगाडि पनि काम गरिसकेकी छन् ।

हरर कमेडी जनरामा निर्माण हुने यो फिल्ममा जया र राज मुख्य भूमिका निर्वाह गर्दैछन् । जयाले यस अगाडि दिन्दी, तमिल, तेलुगु, मलयालम फिल्ममा काम गरिसकेकी छन् । जया र राज अलग अलग राजीतिक पार्टीसँग सम्बन्धित छन् । राज काँग्रेस र जया बीजेपीसँग आवद्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप