बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘हिमालको छानो यो’ गीतले बनायो रेकर्ड

बिहीबार, ११ मङ्सिर २०७७, १९ : ०४
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । नेपाली गीत–संगीतबाट अहिलेसम्म केही विश्व रेकर्ड कायम भएका छन् । यस्तै गीत संगीतबाटै नेपाल र नेपालीको नाममा अर्काे एउटा रेकर्ड थपिएको छ । ‘हिमालको छानो यो’ बोलको गीतको म्युजिक भिडियोबाट नेपालको नाममा अर्काे एक विश्व रेकर्ड थपिएको हो । भिडियोले अहिलेसम्म संसारको उच्च स्थानका छायाँकन गरिएको भिडियोको रुपमा ‘गिनिज बुक अफ वल्र्ड’मा नाम लेखाउन सफल भएको छ ।

निर्देशक माधव खरेल र निर्माता कमला जोशी, पुस्कर नेपाल र गायक पूर्ण राईको टिमले तयार पारेको भिडियो सोलुखुम्बुको गोक्यो भन्ने स्थानमा छायाँकन गरिएको थियो । उक्त स्थान ४ हजार ७ सय ६८ मिटर उचाईमा पर्दछ । राष्ट्रिय झण्डासहित कलाकार प्रयोग गरेर छायाँकन भएको गीतले हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिँदै आएको र सबैले यसको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताएको छ ।

भिडियोले ‘गिनिज बुक अफ वल्र्ड’ मा नाम लेखाउन सफल भएकोमा निर्देशक माधव खरेलले बताए । ‘गिनिज बुक अफ वल्र्ड’ ले आफ्नो अनलाइनमा भिडियोको रेकर्ड राखिसकेको र छिट्टै प्रमाणपत्र समेत आफ्नो टिमको नाममा पठाउने जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप