मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

बिहीबार, ११ मङ्सिर २०७७, १९ : २५
बिहीबार, ११ मङ्सिर २०७७

पोखरा । पोखरामा आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेपछि उनलाई गिरफ्तार गरिएको हो ।

मंसिर ६ गते एउटा होटलमा लगेर अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको जाहेरीको आधारमा उनलाई ९ गते पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप