बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा २०७ नयाँ सङ्क्रमित थपिए, २०२ निको भए

बिहीबार, ११ मङ्सिर २०७७, २० : २१
बिहीबार, ११ मङ्सिर २०७७

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये ९५ महिला छन् । 

थपिएको सङ्क्रमितमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा सात, उदयपुरमा पाँच, पाँचथर र धनकुटामा तीनरतीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ४५९ पुगेको छ भने आज थपिएका सहित २१ हजार ४९१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् । 

आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट १९६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट तीनरतीन जना छन् । 

कोभिडको उपचारमा खर्च धेरै लाग्ने भएकाले पछिल्लो समयमा सङ्क्रमित मानिस घरमै बसेर उपचार गरिरहेका छन् । हालसम्म कूल एक लाख ८७ हजार ८१८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप