शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय विदेश सचिव श्रृंगलाद्वारा काँग्रेस शीर्ष नेतासँग भेटवार्ता

बिहीबार, ११ मङ्सिर २०७७, २२ : ०२
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेतासँग भेटवार्ता गरेका छन् । श्रृंगलाले काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमै पुगेर काँग्रेस नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

श्रृंगलासँगको भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णाप्रसाद सिटौला र परराष्ट्र विद डा. दिनेश भट्टराई सहभागी थिए । भेटवार्ताका क्रममा दुई पक्षीय हितका बारेमा कुराकानी भएको भट्टराईले रातोपाटीलाई जानकारी दिए । 

काँग्रेस सभापतिले देउवाको भनाइ उद्दृत गर्दै उनले भने, 'नेपाल भारत सम्बन्ध प्रगाढ छ, बहुआयमिक छ यसलाई अगाडि बढाउनुपर्छ । यो महत्वपूर्ण सम्बन्ध हो । हामीले महत्वका साथ हेर्छौ । दुई देशबीच सहमति गरिएका तर कार्यान्वयनमा ढिलाइ भएका परियोजनाको शिघ्र कार्यान्यवन होस् । त्यो हुँदा दुबै देशलाई फाइदा हुन्छ । राम्रो सन्देश जान्छ । '

भट्टराईका अनुसार काँग्रेसले नेपालको लोकतन्त्र र लोकतान्त्रिक संस्थाको विकासमा भारतको नैतिक समर्थन निरन्तरताको अपेक्षा राखेको थियो । सभापति देउवाले उच्चस्तरमा राजनीतिक संवादका लागि विदेश सचिवमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देशसमेत पठाए ।

उच्चस्तरीय राजनीतिक संवाद बढाएर सीमा समस्या समाधान गर्नुपर्नेमा काँग्रेस नेताहरुले भनाइ राखेका थिए । उच्चस्तरीय वार्ताबाट हाम्रोबीचमा भएका समस्या समाधान गर्न सहज हुन्छ । यो भ्रमणले त्यसको वातावरण बनाउनेछ, काँग्रेस नेताहरुको भनाइ थियो ।

विदेश सचिव श्रृंगलाले आफू मित्रताको हात बढाउन आएको बताएका थिए ।  श्रृंगलाको भनाइ उदृत गर्दै भट्टराइले भने, 'भारतको सहयोग रहन्छ । भूकम्पपछि बनाउँछु भनेका घर र सांस्कतिक सम्पदा बनाउन प्रतिबद्ध छौँ ।'  

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर श्रृंगला बूढानीलकण्ठ पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप