बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुटरलाई ठक्कर दिएर बस खोल्सामा खस्यो, १७ जना घाइते

बिहीबार, ११ मङ्सिर २०७७, २२ : १९
बिहीबार, ११ मङ्सिर २०७७

सवारी दुर्घटनामा तनहुँमा १७ यात्रु घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका ३ खहरे स्थित पृथ्वी राजमार्ग सडकमा बिहीबार दुर्घटना भएको हो । 

म्याग्दीबाट  भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि बस अनियन्त्रित भइ सडकबाट करिब ५ मिटर तल खोल्सामा खस्न पुगेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते हुनेमा बसमा सवार रहेका १४ जना र स्कुटरमा सवार रहेका बच्चा सहित ३ जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 
घाइतेहरुको तनहुँ र चितवनमा उपचार भइरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप