शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका प्रधानमन्त्रीलाई आठ वर्षीय बालकको प्रश्नसहितको पत्र भयो भाइरल

शुक्रबार, १२ मङ्सिर २०७७, ०० : ११
शुक्रबार, १२ मङ्सिर २०७७

एजेन्सी । कोरोना महामारीसँग जुधिरहेको बेलायतमा यसबेला ८ वर्षीय बालकको चिठी भाइरल भैरहेको छ । मोन्टी नामका यी बालकले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई यो वर्ष क्रिसमसका दिन सान्टा क्लाउज उपहार लिएर आउछन् कि आउँदैन् भनी चिठी लेखेका छन् । त्यसको प्रतिउत्तरमा प्रधानमन्त्री जोनसनले क्रिसमसका दिन सान्टा क्लाउज बालकका लागि उपहार दिन तयार रहेको र त्यो काम गर्न कुनै कुराले रोक्न नसक्ने बताएका छन् । जोनसले ट्वीटरमा मोन्टीको चिठी शेयर समेत गरेका छन् ।

चिठीमा मोन्टीले लेखेका छन्ः ‘म सोचिरहेको थिए कि तपाई र तपाईको सरकारले क्रिसमसको दिनमा सान्ता क्लाउजको बारेमा सोच्नुभएको छ ?’ प्रधानमन्त्री जोनसनले जवाफ दिएका छन्ः ‘मैले यस्ता धेरै पत्रहरु पाएको छु । मैले विज्ञहरुसँग कुरा पनि गरेको छु र म तपाईलाई आश्वासन दिन्छु कि निश्चित रुपमा यो क्रिसमसमा सान्टा क्लाउज गिफ्ट लिएर आउँछन् ।’ मोन्टीले पत्रमा प्रश्न गरेका छन्ः ‘ यो महामारीमा सान्टा क्लाउजले ह्यान्ड सेनिटाइजरका साथ कुकीहरु ल्याउला वा सुरक्षाको लागि आफ्ना हात पनि धोएको हुन्छ त ? मलाई थाहा छ तपाई एकदम व्यस्त हुनुहुन्छ । तर के तपाईले र वैज्ञानिकहरुले यसबारे पनि केही सोच्नुभएको छ ?’

त्यस्तै प्रधानमन्त्री जोनसनले उक्त पत्रको जवाफमा लेखेका छन्ः ‘तपाईको चिठीका लागि धन्यवाद । तपाईले एक धेरै महत्वपूर्ण प्रश्न सोध्नुभएको छ । मलाई थाहा छ, बाँकी बालबालिकाहरुको पनि त्यस्तै प्रश्न हुनेछन् । म तपाईलाई बताउन चाहान्छु कि मैले उत्तरी धु्रवमा फोन गरेको छु । र भन्न सक्दछु कि फादर क्रिसमस (सान्टा क्लाउज) आउन तयार छ ।’

सान्टा सुरक्षित रहेको बच्चाहरुलाई कुनै खतरा नभएको समेत प्रधानमन्त्रीले नवाफमा भनेका छन् । बोरिसले लेखेका छन्ः ‘मेडिकल अफिसरहरुले मलाई फादर क्रिसमस सामान्य रुपमा आउँछन् र उनीहरु सुरक्षित रहनेछन् भनेर बताएका छन् । तपाईहरुलाई उनीहरुले धम्क्याउने छैनन् । हातमा सेनिटाइजर हुनेछ । यसले भाइरसलाई फैलाउनबाट बचाउँछ । साथै हात धुनका लागि तपाईलाई र तपाईका साथीहरुलाई मद्दत गर्छ । यो राम्रो बानी हो । पुनः धन्यवाद ।’

सान्टा क्लाउज इसाई संस्कृतिमा जन्मिएको एक पौराणिक कथा र  त्यसको पात्र हो । भनिन्छ, जसले क्रिसमस डे (२ डिसेम्बर) को रात वा क्रिसमस डे को बिहान बालबालिकाहरुलाई घर घरमा उपहार ल्याइदिन्छन् । कोरोना महामारीको चर्को प्रभाव परेको बेलायतमा ती बालकले सो कथावस्तुमा केन्द्रीत रहेर प्रधानमन्त्री जोनसनलाई चिठी लेखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप