बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ हजार नाघ्यो

शुक्रबार, १२ मङ्सिर २०७७, ०७ : ०१
शुक्रबार, १२ मङ्सिर २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७ हजार नाघेको छ । 

पछिल्ला दिनहरुमा  बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  तीव्र रुपमा बढ्दै गैरहेको छ । कोरोना संक्रमणका कारण दैनिक ज्यान गुमाउनेको संख्या ७ सयको हाराहारीमा पुगेको छ ।

बिहीबार सार्वजनिक तथ्याँक अनुसार २४ घण्टा भित्र थप ६९८ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए । पछिलो २४ घन्टामा थप ४९८ जना कोरोना सनाक्रमित्को ज्यान गएको छ  । 

योसँगै  बेलायतमा कोरोनाका कारण हालसम्म ५७  हजार ३१ जनाले ज्यान गुमाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । अहिले बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । 

मृतक संख्याको आधारमा बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये पाँचौं स्थानमा पर्दछ भने युरोपमा बेलायत अग्र स्थानमा पर्दछ । अमेरिका, ब्राजिल, भारत, मेक्सिकोपछि बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमा पर्दछ ।

यसैगरी बेलायतमा कोरोना संक्रमित हुनेको संख्या १५ लाख ७४ हजार ५६२ पुगेको छ ।  स्वास्स्थ्य विभागले दिएको जानकारी अनुसार बिहीबार साँझ सम्मको तथ्याँक अनुसार २४ घन्टामा थप १७ हजार ५५५ जना नयां संक्रमित थपिएका छन् । 

यसैगरी  २४ भन्टाभित्र बेलायतका हस्पिटलमा भर्ना हुने कोरोना संक्रमितको संख्या एक हजार ४३२ रहेको स्वास्थ्य विभागले जनाएको छ । अहिले १६ हजार ३४१ जनाको हस्पिटलमा उपचार भैरहेको र एक हजार ४८० जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । हालसम्म कुल दुई लाख ९ हजार ९१८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भैसकेको सरकारी तथ्याँकमा उल्लेख छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि संक्रमण नियन्त्रणका लागि आगामी डिसेम्बर २ सम्म  इंग्ल्याण्डमा राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ । उक्त लकडाउनलाइ अन्त गर्दै डिसेम्बर २ बाट सरकारले तीन तहको लकडाउन नीति घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप