बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धमाधम बन्दैछन् जाडो थेग्न ज्याकेटहरु, तस्विरमा हेर्नुहोस्

यसपटक नेपाली उत्पादनले बजार पाउने आशा
शुक्रबार, १२ मङ्सिर २०७७, ०८ : ४७
शुक्रबार, १२ मङ्सिर २०७७

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको असर नेपालको गार्मेन्ट क्षेत्रमा पनि पर्यो । सबै गतिविधि ठप्प बनेपछि गार्मेन्टका कामदारहरु काठमाडौँमा बस्न सक्ने अवस्था रहेन । सबैजना आ–आफ्नो घर फर्किए । पाँच महिनासम्म यो क्षेत्र बन्द रह्यो ।

महामारीसँग जुध्दै अहिले आर्थिक गतिविधिहरु पुनः सञ्चालनमा आउन थालेसँगै गार्मेन्ट उद्योग पनि पुनः जुर्मुराउने प्रयासमा छ । नयाँ बजारस्थित एक गार्मेन्ट उद्योगमा यतिबेला जाडो याममा लगाइने ज्याकेटहरु धमाधम बनिरहेको थियो । साह आलम भन्छन्, ‘बन्दाबन्दीमा धेरै घाटा भयो । हामी बिस्तारै उठ्ने प्रयासमा छौँ ।’

यसपटक सीमानाका बन्द रहेका कारण भारत र चीनबाट धेरै सामान नआएको कारण नेपाली सामानले बजार पाउने उनले आशा गरेका छन् । आलमका अनुसार उनको उद्योगमा बारा र पर्साका धेरैले रोजगारी पाएका छन् ।

हेर्नुहोस् तस्विरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप