
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको पनि घट्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । पछिल्लो समय सुनको मूल्यमा गिरावट हुँदै आएकोमा शुक्रबारपनि यो क्रमले निरन्तरता दिएको हो ।
सुनको मूल्य घट्दै जाने क्रममा साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार सुन तोलामा ९१ हजार ५०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।
यस्तै शुक्रबार तेजावी सुन तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ।
यसैबीच चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा ११७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी डेस्क
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ