बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

शुक्रबार, १२ मङ्सिर २०७७, १३ : १४
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बतताएका छन् । शुक्रबार संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख सापकोटाले सो कुरा बताएका हुन् । संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको कार्यक्रमको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

‘संसदले प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्छ । त्यसका लागि संसदलाई जनमुखी र जिवन्त बनाउन जरुरी छ’, सापकोटको भनाई छ ।  सभामुख सापकोटाले चुनौती र अवसरको बीचमा रहेको चर्चा गर्दै यो बेला अवसर नै बढी रहेको पनि बताए । ‘हामीले बढी भन्दा बढी अन्तरक्रिया आयोजना गर्नुपर्छ, । संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो ।’ 

सभामुख सापकोटाले संसदका समितिहरु बढी सक्रिय हुनुपर्नेमा जोड दिए । उनले संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुने धारणा राखे । संघीय र प्रदेशसभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने सभामुख सापकोटाको जोड थियो । 

उनले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनु निकै महत्वपूर्ण काम भएको चर्चा गरेका थए ।  अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ का कारण अब संसदका गतिविधि रोक्न नहुने बताए । 

उनले स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसद लगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने धारण राखे । अध्यक्ष तिमिल्सिनाले कोभिड १९ अवस्था अनुमानयोग्य  नभएको चर्चा गर्दै अब यससँगै अभ्यस्त हुनुपर्ने भन्दै लामो समय बन्दाबन्दी हुँदा आर्थिक गतिविधि प्रभावित भएकाले लकडाउन खुल्ला भएको बताउँदै कोभिड नियन्त्रणमा सबैको भूमिका आवश्यक रहेको चर्चा गरेका थिए । 

संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सनाले त्यसका लागि तयारी भइरहेको पनि जानकारी दिए । हिउँदे अधिवेशनमा बाँकी ऐन बनाउने र बनेका ऐन प्रदेश र स्थानीयस्तरमा लैजानुपर्नेमा जोड दिँदै यसका लागि कानुन मन्त्रालयले विशेष पहल गर्नुपर्ने अध्यक्ष तिमिल्सििनाको भनाइ छ । 

कार्यक्रमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताउँदै संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि गरिरहेको तयारीप्रति खुसी व्यक्त गरिन् ।

उनले संसदले हाल सम्मका कार्यमा कति प्रगति भयो भनेर समिक्षा गर्नुपर्ने बताउँदै व्यबहार परिवर्तको विषयमा पनि ध्यान दिइनुपर्नेमा जोड दिइन् । ‘समाजमा देखिएको महिला र पुरुष बीचको विभेद संसदीय अभ्यासमा देखिनु हुँदैन’ मन्त्री तुम्बाहांफेको भनाइ छ ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दहाल र संघीय संसदका महासचिव डा.भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल, संसद सचिवालयका सचिवहरु धुर्बप्रसाद घिमिरे र सुदर्शन खड्काको सहभागिता रहेको थियो । त्यस्तै अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका सभामुख, उपसभामुख र प्रदेश नं २ का उपसभामुख भर्चुुुअल माध्यमबाट सहभागी छन् भने अन्य प्रदेशका सभामुख उपसभामुख कार्यक्रममा उपस्थित रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप