बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाको जीत, अदालतले रद्द गरिदियो महानगरपालिकाको आदेश

शुक्रबार, १२ मङ्सिर २०७७, १५ : ००
शुक्रबार, १२ मङ्सिर २०७७

बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती पुर्याउनका लागि गरिएको बताएको छ । 

अदालतले कंगनाको याचिकामाथि आफ्नो निर्णय सुनाएको छ जसमा उनले बीएमसीको आदेशलाई चुनौती दिएकी थिइन् । 

बीएमसीले ९ सेप्टेम्बरमा पाली हिल्स इलाकास्थित कंगनाको बंगलाको एक हिस्सा भत्काइदिएको थियो । 

निर्णय सुनाउँदै दुई न्यायाधीसको खण्डपीडले आफूहरुले सरकारी संस्थाका नागरिकविरुद्ध शक्तिको प्रयोग गर्न पनि सही नठान्ने बताएका छन् । 

उनले बीएमसीले जुन कारवाही गरेको छ त्यो कारवाही अनाधिकृत भएकोमा थोरै पनि शंका नभएको बताएको छ । 

कंगनाले याचिकामा बीएमसीसँग दुई करोड भारुको जरिवाना पनि मागेको थियो । अदालतले यसबारे आफूले हिसाब गर्नका लागि कसैलाई नियुक्त गर्ने र अर्को वर्षको मार्च महिनासम्म यसबारे आदेश जारी गर्ने बताएको छ ।

 बीएमसीले कंगना रनौतको बंगलाको एक भाग त्यतिबेला भत्काएको थियो जसमा उनी अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे अनुसन्धानका लागि महाराष्ट्र सरकारमाथि लगातार तिखो हमला गरिरहेकी थिइन् । 

यतिमात्रै होइन, कंगना र शिवसेना सांसद संजय राउतबची पनि यो विषयमा ठूलै विवाद भएको थियो । 

यस्तोमा बीएमसीले कंगनाको अफिस भत्काउने निर्णयलाई राजनीतिक द्वेषले प्रेरित बताएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप