शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

७१ वर्षीय बृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा ३४ वर्षीय पुरुष पक्राउ

शुक्रबार, १२ मङ्सिर २०७७, १७ : ०५
शुक्रबार, १२ मङ्सिर २०७७

पोखरा । पोखरामा बृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । गएराती अन्दाजी ९ बजे ७१ वर्षीया बृद्धाको घरमा छिरेर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले ३४ वर्षीय युवकलाई समातेको हो ।

पक्राउ पर्नेमा पोखरा १९ पुरन्चौर बस्ने ३४ वर्षीया घनश्याम गिरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्त सुवास हमालका अनुसार गए राती ७१ वर्षीय एकल बृद्ध महिला आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती घर भित्र छिरेर जबरजस्ति गर्न खोजेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर पुरन्चौर बस्ने ३४ वर्षीय घनश्याम गिरीले बृद्धलाई जवरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीको आधारमा उनलाई समातिएको हो । अभियुक्त गिरीलाई जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरि थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप