शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खुकुरी रम ‘लण्डन स्पिरिट प्रतियोगिता २०२०’ को स्वर्ण पदकबाट विभूषित

शुक्रबार, १२ मङ्सिर २०७७, १७ : ४३
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौं । नेपालको आफ्नै मौलिक मदिरा खुकुरी रम ‘लण्डन स्पिरिट प्रतियोगिता २०२०’ को स्वर्ण पदकबाट विभूषित हुन सफल भएको छ । विश्वका १३ देशहरुमा उपलब्ध खुकुरी रम नेपाल डिष्टिलरी प्रा.लि.को उत्पादन हो । 

नेपालको पहिलो डिष्टिलरीको रुपमा सन् १९५९ मा स्थापना भएको नेपाल डिष्टिलरीको एकमात्र लक्ष्य नै आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याई आफ्नो देशलाई पनि गौरवान्वीत बनाउने भएको कम्पनीको दावी छ ।

खुकुरीले यस वर्ष लण्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेर आफ्नो उपलब्धिको अध्यायमा एक अर्को कोसेढुँगा थपेको छ भनें साथै सम्भवतः रमको लागि विश्वकै सबैभन्दा ठूलो बजार मानिएको संयुक्त राज्य अमेरिकामा यसलाई उपलब्ध गराउनु पनि यो वर्षको उल्लेखनीय सफलता भएको कम्पनीले बताएको छ ।

नेपाल डिष्टिलरीजका कार्यकारी निर्देशक के के चुरिवालाले अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा समेत विद्यमान कोभिड महामारीको अवस्थाले हामी जो कोहीलाई पनि जटिल परिस्थितिको सामना गर्न बाध्य बनाएको बताए । उनले भने, ‘हाम्रो कडा मेहनत एवं प्रयासको प्रतिफल हो नेपालको आफ्नै मौलिक मदिरा खुकुरी रम ‘लण्डन स्पिरिट प्रतियोगिता २०२०’ को स्वर्ण पदकबाट विभूषित हुन सफल भएका छौं ।’ 

वेभरेज ट्रेड नेटवर्कद्वारा प्रदत्त यो अन्तर्राष्ट्रिय मान्यताले गर्दा अकस्मात प्राप्त खुशीले हालको महामारीले उत्पन्न गरेको मन्दी चरणको दौरानमा पनि राष्ट्रमा सफलता प्राप्त भएको हुँदा जो कोहीलाई पनि आनन्दित तुल्याएको चरिवालको भनाइ छ ।

उनी अगाडी थप्छन्, ‘यो जित हामीभित्र मात्र सीमित छैन, यो त हामीसँग आबद्ध हरेक वितरकहरु र डिलरहरु, हाम्रा उपभोक्ताहरुका साथसाथै सम्पूर्ण नेपालीहरु सबैको लागि हो । यो जित हाम्रो देश नेपालको जित हो । यस्तो अंकित गर्ने नेपाली कम्पनीले विश्वमा आफ्नै मौलिक उदाहरण कायम राख्न सक्छ । यसर्थ, यो उत्सव, खुकुरी रमद्वारा प्राप्त सम्मान पदक र यसको निर्यात सम्बन्धमा भएको वृद्धि सम्पूर्ण नेपालीहरु देशमा र विदेशमा भएका सबैका लागि साझा विजय हो ।’

नेपाल डिष्टिलरीजका महा–प्रबन्धक सुभाष लामिछानेले भने, ‘खुकुरीले आफ्नो उत्पादनको समयदेखि नै विश्व बजारमा आफ्नो उपस्थितिको झण्डा गाड्न भरमग्दुर प्रयास गर्दै आइरहेको छ । खुकुरी रम हाल विश्वका १३ देशहरुमा उपलब्ध छ र यो संख्या अझ बढाउने लक्ष्यका साथ काम भैरहेको छ । हामी चाँडै नै अवसरहरुको भूमी भनेर चिनिने संयुक्त राज्य अमेरिकामा पूनः प्रवेश गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त गर्व लागेको छ । हामीले भने जस्तै खुकुरी रम बोकेको जहाज यसको मार्गमा अघि बढिरहेको छ । यी दुवै कोसेढुँगाले विद्यमान विश्वव्यापी महामारीको बीचमा पनि कम्पनीको लागि ठूलो फड्को साबित भएको छ र हामी साँच्चि नै हाम्रो उपलब्धि प्रति गर्व गर्दछौं र यी नै उपलब्धिका साथ हामी घोषणा गर्छौं गर्वकासाथ नेपाली ।’

नेपालको आफ्नै मौलिक आइकोनिक ‘ओक रम’ खुकुरी रमसँग सम्बन्धित छ । यसको शुरुवाती दौरानदेखि नै नेपालको सबैभन्दा उत्कृष्ट मदिरा खुकुरीले नेपाली मदिराको विरासतलाई अन्तर्राष्ट्रिय परिदृश्यमा स्थापित गर्दै आएको छ र यो जहाँ जहाँ उपलब्ध भएको छ, त्यहाँ त्यहाँ यो व्यापक रुपमा प्रशंसित पनि भएको छ ।

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्राण्डहरुमध्येको एक हो । नेपाल डिष्टिलरीज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो । खुकुरी रम ब्राण्डले सन् १९५९ देखि नै बजारमा आफ्नो आधिपत्य कायम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप