मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ शनिबार

शुक्रबार, १२ मङ्सिर २०७७, १९ : २२
शुक्रबार, १२ मङ्सिर २०७७

नेपालमा डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले शनिबार फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२० हुने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताको रुपमा रहनेछन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत विषयविज्ञहरु वक्ताको रुपमा रहनेछन् ।

नेपाललाइ डिजिटल प्रविधिमा एक खुट्किला माथी उठाउन यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।  

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा सरकार, नेपाल राष्ट्रबैंक, सूचना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको सहकार्य छ । आठवटा सत्र रहने यस कन्क्लेभ कहिले हुन्छ डिजिटल नेपाल, डिजिटल बैंकिंग डिजिटल रेमिट्यान्स, डिजिटल मार्केट प्लेस, लगायत रहनेछन् । 

सरोकारवाला विभिन्न डिजिटल प्लेटफर्ममार्फत एपी वान टेलीभिजनमा विहान साढे ९ बजेदेखी बेलुका ६ बजेसम्म प्रसारण गरिने कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालासंग सघन छलफल हुनेछ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)यस कन्क्लेभको नलेज पार्टनरका रुपमा रहेको छ । आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गजुरेलले कोभिड महामारीले थपेको जटिल परिस्थितीले डिजिटल प्रविधिको प्रयोग बढाउने अवसर दिएको बताए । 

“महामारीले एकातर्फ चुनौती थपेको छ तर यो समयलाई अर्काेतर्फबाट अवसरको रुपमा लिएर डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्छ,” उनले भने । निजी क्षेत्रबाट डिजिटल प्रविधिका क्षेत्रमा गरेको प्रयासमा सरकार तथा सरोकारवाला पक्षबाट भएको सहयोगले भने थप हौसला मिलेको उनले बताए ।

सुलभ इन्टरनेट सेवा तथा स्मार्टफोन, बढ्दै गएको इन्टरनेट तथा मोबाइल फोनको उपलब्धताले नेपालको अर्थतन्त्रको डिजीटाइजेसनमा लैजाने अवसर दिएको बताए । कोरोना भाइरस महामारी नियन्त्रणका लागि कार्यान्वयनमा ल्याइएको लकडाउनले अर्थतन्त्रमा डिजिटाइजेसनको टड्कारो आवश्यकता औंल्याएको छ । उनले भने, “यसका लागि हामीले एउटा कदम अगाडी बढाएका हौँ जसमा सरकारको सहभागिताले थप हौसला मिलेको छ ।” 

कन्क्लेभमा विभिन्न विषयका विज्ञहरुले उनीहरुको हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरुद्वारा गर्नुपर्ने नीतिगतव्यवस्था लगायतबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन् । वित्तिय सेवा, भुक्तानी सुविधा, इ–कमर्श सम्बन्धित नीति, नियममनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सबन्धमा कन्क्लेभमा बृहद् छलफल हुनेछ । 

नेपाली इ–कमर्श इकोसिस्टमका सबै सरोकारवालाहरुको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल इकोनोमीका बारेमा नयाँ बहस शुरु गर्ने विश्वास आयोजकको छ । नेपालमा डिजिटल भुक्तानी, डिजिटल बैंकिङ, इ–लर्निङ र इ–कमर्शले क्रमशः व्यापकता पाएको छ । 

कोरोना भाइरस महामारी तथा यसलाई नियन्त्रण गर्न लगाईएको बन्दाबन्दी/निषेधाज्ञाले अर्थतन्त्रका प्राय सबै अवयवलाई नराम्ररी प्रभावित पारिरहँदा नेपालमा इ–कमर्श र डिजिटल बंैकिङ भने फराकिलो हुदै गएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता सिर्जना गरेको छ । 

घरमै बसी बैंकमा खाता खोल्ने तथा शेयर कारोबार गर्ने,मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने,  मोबाइल वालेटमार्फत् भुक्तानी गर्ने लगायतका नयाँ सेवाहरुमा नेपालीहरु  विस्तारै अभ्यस्त हुदै गएका छन् । 

अनलाइन कारोबार तथा अनलाइन भुक्तानीको बढ्दो प्रयोगले साइबर सेक्युरीटी इ–कमर्शको महत्वपुर्ण हिस्सा रहेको तथ्य उजागर गरेको सन्दर्भमा नेपालमा अनलाइन कारोबार हुने÷हुनसक्ने ठगीलाई नियन्त्रण गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाका बारेमा समेत कनक्लेभमा विस्तृत छलफल हुनेछ ।

 डिजिटल इकोनोमीबारेको कन्क्लेभ भएकाले यसको आयोजन पनि डिजिटल माध्यमबाटै गरिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप