मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ताइवानका विपक्षी सांसदद्वारा सत्तारुढ दलका सांसद्हरुमाथि सुँगुरको मासु प्रहार

शुक्रबार, १२ मङ्सिर २०७७, २१ : ०५
शुक्रबार, १२ मङ्सिर २०७७

ताइनवानको विपक्षी पार्टीका कुमिन्ताङ पार्टीका सांसद्हरुले सत्तारुढ पार्टीका सांसद्हरुमाथि संसद्मै सुँगुरको मासु फ्याँकेका छन् । यसक्रममा उनीहरुले प्रिमियर सु त्सेंग चेंगलाई पनि सुुँगुरको मासुले हाने । 

सरकारले गत अगस्टमै अमेरिकाबाट ¥याक्टोपामिनयुक्त सुँुगरको मासु आयात गर्ने घोषणा गरेको छ । राष्ट्रपति साइ यिङ वेनले यस्तो घोषणा गरेकी थिइन् । घोषणा १ जनवरीदेखि लागु हुनेछ । 

सुुँगरलाई बोसा घटाएर मासुुको मात्रा बढाउन ¥याक्टोपामिन खुवाइन्छ । यसले मानिसको स्वास्थमा हानी गर्ने भन्दै अधिकांश युरोपेली देश र चीनले पनि यस्तो मासुमा प्रतिबन्ध लगाएका छन् । 

ताइवानमा यस्तो मासुु निर्यात गर्ने प्रयास भने अमेरिकाले धेरै अघिदेखि गर्दै आइरहेको थियो । राष्ट्रपतिले १ जनवरीबाट निर्यात सुरु हुने घोषणा गरेसँगै विपक्षी पार्टी चर्को विरोधमा थियो । 

शुक्रबार जब प्रिमियर सु त्सेंग चेंगले यसबारे संसद्मा आफ्नो कुरा राख्न खोजे, तब विपक्षीहरुले सुुँगुरको मासु उनीतर्फ प्रहार गरे । त्यस्तै, सत्तापक्षीय अन्य सांसद्हरु पनि निशानामा परे । 
 

स्रोत : एपीन्युज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप