मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा अस्पतालमा आगलागी, ५ कोरोना संक्रमित बिरामीको मृत्यु

शुक्रबार, १२ मङ्सिर २०७७, २२ : ३६
शुक्रबार, १२ मङ्सिर २०७७

एजेन्सी । भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको अधिकारीले बताएका छन् । गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिममा रहेको राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा आगलागी भएको हो ।
 
“आज बिहान कोभिड–१९ को उपचारका लागि तोकिएको शिवानन्द अस्पतालको आइसीयूमा आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको छ । अन्य ६ जना जलेर घाइते भएकोमा एकको अवस्था गम्भीर रहेको छ ।”  अस्पतालमा उपचाररत २२ जना विरामीलाई सुरक्षित अन्य अस्पतालमा लगिएको छ । आगलागीको कारण समाचार तयार गर्दासम्म पत्ता लागिनसकेको बताइएको छ । 

यद्यपि अस्पतालको उक्त कक्षमा विद्युत चुहावट हुँदा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि अनुमान गरिएको छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान समिति बनाई जिम्मेवारी तोकिसकिएको अधिकारीले बताएका छन् ।  अस्पतालको आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप