बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत अपडेटः २४ घन्टामा थप ५२१ संक्रमितको मृत्यु

शुक्रबार, १२ मङ्सिर २०७७, २३ : ३९
शुक्रबार, १२ मङ्सिर २०७७

लन्डन । बेलायतमा गएको २४ घन्टामा थप ५२१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ जानकारी दिएको छ । पछिल्ला दिनहरुमा बेलायतमा दैनिक पाँच सयदेखि ७ सयको हाराहरीमा कोरोना संक्रमितको मृत्यु भैरहेको छ ।

शुक्रबार साँझसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ हजार ५५१ पुगेको छ । हिजो बिहीबार ४९७ जनाको मृत्यु भएको थियो । स्वास्थ्य विभागद्वारा सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एकसाताभित्र दुई हजार ८३८ जनाको ज्यान गएको छ ।

यसैगरि गएको २४ घन्टामा थप १६ हजार २२ जना नयाँ  संक्रमित थपिएको स्वास्थ्य विभागले उल्लेख गरेको छ । हिजो बिहीबार पनि १६ हजारकै हाराहारीमा नयाँ संक्रमित थपिएका थिए । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या १५ लाख ८९ हजार ३०१ पुगेको छ ।

कोरोना संक्रमणका कारण गएको २४ घन्टामा थप एक हजार ४७१ जना हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार ४५६ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको सरकारी स्रोतले बताएको छ । हाल बेलायतका हस्पिटलमा १६ हजार ६४ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप