शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जोखिम भत्ताका लागि निकासा भएको ६६ करोड ८७ लाख स्वास्थ्यकर्मीले अझै पाएनन्

शनिबार, १३ मङ्सिर २०७७, ०७ : ००
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि स्वास्थ्यकर्मीले भने समयमै भत्ता पाउन सकेका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म जोखिम भत्ताबापत सो रकम विभिन्न अस्पतालका लागि पठाइएको बताए पनि अस्पतालले समयमै भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी मर्कामा पर्दै आएका हुन् ।

मन्त्रालयले समेत कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालले उपलब्ध नगराएको गुनासो आएको भन्दै त्यस्ता गुनासाको तत्काल सम्बोधन गर्न अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार सबै अस्पताललाई पत्राचार गर्दै तत्काल जोखिम भत्ता उपलब्ध गराएर स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन थप निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै त्यस्तो निर्देशन दिएको स्पष्ट पारेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप