मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै, ६४ पदका लागि १२१ जना चुनावी मैदानमा

शनिबार, १३ मङ्सिर २०७७, ०७ : ००
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाबाट बन्ने नयाँ कार्यसमितिका लागि शनिबार राजधानीमा निर्वाचन हुँदैछ । 

महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ६० कार्यकारिणी सदस्यहरु गरि कुन ६४ पदका लागि निर्वाचन हुन लागेको हो । 

निर्वाचनका लागि देशैभरबाट व्यवसायी मतदाता प्रतिनिधिहरु यतिखेर काठमाडौँमा भेला भएका छन् ।

महासंघको निर्वाचन समितिले तोकेको समय अनुसार अहिले बिहानको ठिक ८ बजेबाट निर्वाचन प्रक्रिया शुरु हुनेछ । 

८ बजेबाट शुरु हुने मतदान प्रक्रिया बेलुका ४ बजेसम्म चल्ने छ भने मत परिणाम शनिबार बेलुका नै सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि महासंघले तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ । 

उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट समूहका लागि कार्की ब्याङकेट माइतीघर र वस्तुगत संघ समूहका लागि महासंघको आफ्नै सचिवालय, टेकु निर्वाचन केन्द्र तोकिएको छ ।

कोभिड–१९ कै बीच आयोजना हुँदै गरेको निर्वाचनको स्वास्थ सुरक्षालाई ध्यानमा राखि छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

त्यसो त कोभिड–१९ को संक्रमण तथा स्वास्थ  सुरक्षालाई नै ध्यानमा राख्दै कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरूलाई भने सबै समूहका लागि एउटै निर्वाचन केन्द्र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीबाटै मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृत लिलामणि पौडेलले रातोपाटीसँग बताए ।

६२ पदका लागि १२१ जना चुनावी मैदानमा

उद्योग वाणिज्य  महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदका लागि निर्वाचन हुँदैछ । 

प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आंकक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उमेदवारी फिर्ता गर्दा र २ जना निर्विरोध हुँदा अहिले बाँकी ६२ पदका लागि १२१ जना चुनावी मैदानमा छन् ।

जसमध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला÷नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य निर्वाचित हुने छन् ।

अध्यक्षमा भने हालका वरिष्ठ उपाध्यक्ष नै संवत् अध्यक्ष बन्ने महासंघको विधानमै व्यवस्था गरिएको छ ।

१ हजार १ सय १६ जनाले मतदान गर्ने 

महासंघको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार निर्वाचनमा १ हजार १ सय १६ जना मतदाताहरुले मतदानमा भाग लिदै छन् । 

भोटिङ लिस्ट अनुसार जिल्ला÷नगर तर्फबाट १०५, वस्तुगत तर्फबाट १०१ , एशोसिएट तर्फबाट ९०४,  द्धिराष्ट्रियबाट ६ र संस्थागत तर्फबाट १२ गरी कुल १,११६ मतदाताले ६४ पदका लागि मतदान गर्नेछन् । 

तर मतदान भने जुन समूहको निर्वाचन हो सोही समूहका सदस्यले मात्रै समूहगत रुपमा उठेका उमेदवारलाई मतदान गर्न पाउनेछन् । यद्यपि वरिष्ठ उपाध्यक्षलाई भने सबै मतदाताहरु मत दिन पाउने व्यवस्था गरिएको छ।

हाल चुनावी प्रतिस्पर्धामा वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान रहेका छन् भने, जिल्ला÷नगर तर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी, वस्तुगत संघ तर्फ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ र एशोसियट तर्फ उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघाई मैदानमा छन् ।

महासंघको विधानअनुसार गत चैतमै हुनुपर्ने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनको निर्वाचन कोभिड–१९ का कारण प्रभावित हुँदै आएको थियो ।

पटकपटकको बिफल प्रयासका बाबजुद अन्तिम पटकको तयारी सरकारबाट स्वीकृति पाएसँगै महासंघले आफ्नो ५४ औं साधारणसभा र नयाँ कार्यसमिति छनोटको निर्वाचन गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप