मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नगर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल्ने युवक बुढानिलकण्ठबाट पक्राउ

शनिबार, १३ मङ्सिर २०७७, ०७ : ०३
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौँ । नगर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल्ने एक युवकलाई शुक्रबार महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले पक्राउ गरेको छ । 

काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ७ गल्फुटार बस्ने ३८ वर्षीय हरि थापा मगर रहेको बुढानिलकण्ठ प्रभागका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार तामाङले जानकारी दिए । 

थापामगरले नगर प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै ६ जनासँग ६७ हजार ७५० रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको इन्सपेक्टर तामाङले बताए । 

फर्जी प्रवेश पत्र समेत बनाएर ठगी गरेको अवस्थामा थापामगर पक्राउ परेका हुन् । बुढानिलकण्ठ प्रभागले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप