
आफै होटलमा काम दिने, अनि ग्राहकसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– जाल्पा रोडस्थित खाजाघर सञ्चालन गर्दै आएका ३४ वर्षीय केशव भुजेल रहेका छन् ।
पक्राउ परेका भुजेलले खाजा घरमा काम गर्ने महिलालाई डरधम्की देखाएर जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्यत्र होटलमा समेत जबरजस्ती पठाई शारीरिक सम्पर्क गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार भुजेलले विभिन्न प्रलोभनमा पारेर राम्रो काममा लगाइदिन्छु भन्दै केटीहरु ल्याउने र एक दुई दिनपछि खाजाघरमा आउने व्यक्तिहरुसँग पैसा असुलेर शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गर्थे ।
भुजेलले होटलमा काम गर्ने बहानामा ल्याएका महिलालाई शारीरिक तथा मानसिक यातना समेत दिने गरेको एसपी श्रेष्ठले बताए । साथै पीडित महिलाको उद्दार गरी परिवारलाई जिम्मा लगाइएको श्रेष्ठले भने ।
भुजेलविरुद्ध मानव बेचविखन तथा ओसारपोसार सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ