प्याराग्लाइडिङ दुर्घटनाको कारण प्याराग्लाइडिङमा उच्छृङ्खलता
पोखराको आकाशमा प्याराग्लाइडिङ हुन थालेको दुई दशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे, केही यात्रुले ज्यान पनि गुमाए । सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।
यसअघि सोलो (एकल) उडान वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दुर्घटनामा पर्दै आएका थिए । टेन्डम उडान दुर्घटनामा परिहाले पनि यात्रु र पाइलट सामान्य घाइते भएका थिए । यसपटक भने अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाए । यो दुर्घटनापछि उडानका क्रममा पाइलटले गर्ने गल्तीबारे पनि बहस चल्न थालेको छ । अनुभवी पाइलटहरूका अनुसार उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ । प्याराग्लाइडिङका अनुभवी पाइलट दामोदर पराजुली भन्छन्, ‘पाइलटले गर्नै नहुने गतिविधि गर्दा पनि दुर्घटनाको जोखिम बढेको छ । पाइलटका उच्छृंखल गतिविधिले दुर्घटना दोहोरिने गरेका छन् ।’
प्याराग्लाइडिङ पाइलटका प्रशिक्षकसमेत रहेका पराजुलीका अनुसार उडानका क्रममा यात्रुलाई थप रोमाञ्चकता दिलाउन कतिपय पाइलटले भुइँ नजिकै पुगेर फूल र रूखका पात टिप्ने, तालको पानी छुवाउने, एक्रोब्याटिक गराउने गतिविधि पनि गर्छन् । यसबाट दुर्घटनाको जोखिम बढी हुन्छ । ‘आकाशमा उडिरहेको ग्लाइडरलाई रूख नजिकै ल्याएर फूल र पात टिप्न खोज्नुलाई उच्छृंखलता भन्न सकिन्छ,’ उनी भन्छन्, ‘यसो गर्नुु मूर्खता पनि हो ।’ चालकले पात र फूल टिपेर दिई यात्रुलाई खुसी पार्न यसो गरेको उनले बताए । ‘उडिरहेका बेला रूखको नजिकै आएर फूल र पात टिपेर यात्रुलाई दिने पाइलटलाई कारबाही गर्नुपर्छ,’ उनी भन्छन् । स्रोतका अनुसार सोमबारको दुर्घटना पाइलटले रुखको पात टिप्न खोज्दा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा