बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रग्स केसमा जमानत पाएपछि भारतीको पहिलो पोस्ट, नयाँ शोमा देखिनेछिन्

शनिबार, १३ मङ्सिर २०७७, ०८ : २०
शनिबार, १३ मङ्सिर २०७७

हास्यकलाकार भारती सिंहलाई ड्रग्स केसमा पक्राउ गरिएको थियो । भारती सिंहका श्रीमान् हर्ष लिम्बाचियालाई पनि एनसीबीले पक्राउ गरेको थियो ।

यो केसमा दुबै भारती र हर्षले जमानत पाएका छन् तर एनसीबीले केसको अनुसन्धान गरिरको छ । एनसीबीले उनीहरुलाई ड्रग्स पुर्याउने कारोबारीलाई पनि पक्राउ गरिसकेको छ ।

हुन त घटनाबारे अनुसन्धान जारी छ भारतीका लागि जमानत पाउनु निकै राहतको कुरा हो । उनी आफैंलाई पनि यो कुरा राम्रोसँग थाहा छ, यस्तोमा उनले सोसल मिडियामा एउटा पोस्ट सेयर गरेकी छिन् ।

भारतीले जमानत पाएपछि सबैभन्दा पहिले भगवान गणेशलाई याद गरिन् । उनले आफ्नो इन्स्टा स्टोरीमा गणपतिको सुन्दर तस्बिर सेयर गरेकी छिन् ।

भारतीले जमानत पाएपछि भगवानलाई धन्यवाद दिएकी छिन् । जमानत पाएपछि उनी आफ्नो करियरमा केन्द्रीत भएकी छिन् । अहिलेसम्म हर्षको नयाँ प्रोजेक्ट सार्वजनिक भएको त छैन तर भारती कपिल शर्मा शोमा आफ्नो काम जारी राख्नेछिन् । उनलाई कपिल शर्माको नयाँ शोमा देख्न सकिनेछ ।

यो विवादपछि भारतीको कपिल शर्मा शोबाट पत्ता साफ हुने अनुमान गरिएको थियो तर अहिले यस्तो होला जस्तो देखिँदैन । उनी अहिले पनि कार्यक्रमको हिस्सा बनेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप