शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा सख्खरसँग यी खानेकुरा मिसाएर खानुहोस्, थुप्रै समस्याबाट राख्छ टाढा

शनिबार, १३ मङ्सिर २०७७, ०९ : ३०
शनिबार, १३ मङ्सिर २०७७

चिसो मौसममा धेरैजसो मानिसहरु तातो खानेकुरालाई आफ्नो डाइटमा समावेश गर्ने कोसिस गर्छन् । जाडोयाममा एउटा खानेकुरा यस्ते छ जसलाई चिसो मौसममा धेरै नै रुचाइन्छ र धेरैभन्दा धेरै खानामा समावेश गर्ने कोसिस गरिन्छ । स्मरण रहोस्, गुड स्वास्थ्यका लागि निकै फाइदाजनक हुनछ, यसमा अत्यधिक मात्रामा आइरन, भिटामिन सी, प्रोटिन, म्याग्नेसियम र पोटासियम पान्छ जसले हामीलाई स्वस्थ राख्न सहयोग गर्छ । यसका साथै यसले तपाईंलाई थुप्रै संक्रमणबाट पनि जोगाउँछ । यसले रुघा–खोकीबाट पनि राहत प्रदान गर्छ । यो निकै सजिलै पच्छ सजले पेटको स्वास्थ्यलाई पनि निकै राम्रो बनाउँछ । यसले तपाईंको पाचन क्रियालाई निकै बलियो पनि बनाउँछ जसका कारण तपाईं कब्जियतलगायतका समस्याबाट टाढै रहनुहुनेछ । तर के तपाईंलाई सख्खर विभिन्न खानेकुरासँग मिसाएर खान सकिने कुरा थाहा छ ?

बदामसँग सख्खरः

सख्खर र बदाम दुबै स्वास्थ्यको हिसाबले निकै फाइदाजनक हुन्छ, यसको सेवन गर्दा तपाईं पूर्ण स्वास्थ्यलाई त स्वस्थ राख्न सक्नुहुन्छ, यसले चिसो मौसममा तपाईंलाई तातो राख्न पनि मद्दत गर्छ । तपाईं चिसो मौसममा बदाम र सख्खरलाई निकै सजिलै आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यसलाई तपाईं दिउँसो कुनै पनि समयमा खान सक्नुहुन्छ । बदाम र सख्खरले तपाईंको चिसो मौसममा भोक लागिरहने समस्यालाई पनि कम गर्छ ।

सख्खर र घ्यू:

सख्खर र घ्यू चिसो मौसममा सबैको प्रिय बन्ने गर्छ । यसको सेवन मानिसहरु नियमित रुपमा गर्छन् । तर थुप्रै मानिसहरुलाई यसबारे थाहा हुँदैन । सख्खर र घ्यूको सेवन चिसो मौसममा निकै राम्रो हुन्छ । घ्यू स्वास्थ्यका लागि निकै राम्रो हुन्छ जसको मद्दतले तपाईं आफूले आफैंलाई बलियो बनाउन सक्नुहुन्छ र थुप्रै रोगबाट टाढा राख्छ । यसलाई दैनिक खानामा समावेश गर्नुका विभिन्न फाइदा छन् ।

सौफसँग सख्खरको सेवनः

सौफलाई धेरै मानिसहरुले थुप्रै खानेकुरामा समावेश गर्न सकिन्छ । यस्तै तपाईं सख्खर र सौफलाई मिश्रण गरेर यसको सेवन गर्न सक्नुहुन्छ । यसले तपाईंलाई सास सम्बन्धि समस्यालाई पनि टाढा राख्नका लागि सबैभन्दा राम्रो तरिका हो । तपाईं चिसो मौसममा दैनिक सख्खर र सौपको सेवन गर्न सक्नुहुन्छ ।

मेथीको दानासँग सख्खरः

मेथीको दाना स्वास्थ्यका लागि कति फाइदाजनक छ यो सबैलाई थाहा छ, तर मेथीको दानालाई सख्खरसँग मिसाएर सेवन गर्दा यो थप असरदार हुन्छ । यसले तपाईंको कपाललाई बलियो बनाउनुका साथै तपाईंको पूर्ण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यस्तै, जसको असाध्यै कपाल झर्ने समस्या हुन्छ उनीहरुले यसको नियमित सेवन गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप