शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता समस्याको उपचारका लागि ‘ज्वानो पानी’

शनिबार, १३ मङ्सिर २०७७, ०९ : ५६
शनिबार, १३ मङ्सिर २०७७

एजेन्सी – खानाको स्वाद बढाउन ज्वानोको प्रयोग गर्ने गरिन्छ । खानाको स्वाद मात्रै होइन ज्वानोले शरीरमा विभिन्न प्रकारका फाइदा पुर्याउँछ । ज्वानोको दाना भिजाएर यसको पानी सेवनले विभिन्न फाइदा पुर्याउँछ ।

एसिडिटी
ज्वानोले एसिडिटी कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । ज्वानोलाई भिजाएर अदुवाको धुलोसँग सेवन गर्दा पेट फुल्ने समस्या कम हुन्छ ।

दम
ज्वानोले शरीरमा भएको बलगम सफा गर्छ । यसले चिसो र रुघाखोकीबाट राहत दिन्छ । यसले दम र ब्रोङ्काइटिसको उपचारमा मद्दत गर्छ । दिनमा दुई पटक गुडसँग ज्वानो खाने गर्नुपर्छ । यदि चिसो लाग्छ भने ज्वानोलाई तातो पानीमा हालेर पनि सेवन गर्न सकिन्छ ।

अनियमित महिनावारी
एक चम्चा ज्वानो, थोरै गुड र २०० मिलिलिटर पानी उमालेर खाली पेटमा हरेक दिन बिहान खाने गर्दा महिनावारी नियमित हुने गर्छ ।

तौल कम गर्न
खाली पेटमा हरेक दिन ज्वानोको सेवनले पेटमा लाग्ने बोसो कम गर्छ । हरेक बिहान एक चम्चा ज्वानोको पानी खान सकिन्छ ।

दाँतको दुखाई
दाँतको दुखाई कम गर्न ज्वानो जादु नै हो । यसमा जैतुनको तेल र पानीसँग ज्वानो मिसाउने र दाँत दुखेको ठाउँमा लगाउने यसले दाँतको दुखाई, मुखको दुर्गन्ध पनि कम गर्छ ।

फ्लुमा दालचिनीको पाउडरसँग उमालेर खाने गर्नुपर्छ । पखाला लाग्दा दिनमा दुई पटक ज्वानो खाँदा कम हुन्छ । साथै, ज्वानो हालेर तेल तताउने र उक्त तेलले मसाज गर्दा जाडोमा शरीर दुख्ने समस्या कम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप