बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसकारण अधुरै रह्यो सलमान र कैटरीनाको प्रेम

शनिबार, १३ मङ्सिर २०७७, १० : २२
शनिबार, १३ मङ्सिर २०७७

एजेन्सी – बलिउडका सुपरस्टार सलमान खान र कैटरीना कैफ कुनै समय बलिउडका चर्चित जोडी थिए । 

कैजाद गुस्तादको फिल्म ‘बुम’ बाट बलिउड प्रवेश गरेकी कैफको पहिलो फिल्म भने ‘मैंने प्यार क्यों किया’ लाई मानिन्छ । उक्त फिल्ममा उनीसँगै देखिएका सलमान खानको जोडी पनि निकै चर्चामा आयो । त्यसपछि उनीहरुले एकसाथ ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ जस्ता फिल्ममा काम गरे । 

सलमानले कैफको करियरलाई उचाईमा पुर्याउँन निकै मद्दत गरे । उनीहरु एकसाथ ५ वर्ष सम्बन्धमा रहे । तर, मिडिया रिपोर्टका अनुसार सलमानको रिसाहा, पोजेसिव बानीका कारण कैफ दिक्क भएकी थिइन् । यसैबीच, ‘राजनीति’ को शुटिङको सिलसिलामा उनले रणवीर कपूरलाई भेटिन् । उक्त समय कपूर दीपिका पादुकोणसँग सम्बन्धमा थिए । तर, कैटरिनासँग सम्बन्ध बढाउन रणवीरले दीपिकालाई धोका दिए । 

त्यसपछि, कैटरिनाको सम्बन्ध रणवीर कपूरसँग गाँसियो र सलमान खानसँग दुरी बढ्यो । रणवीरसँगको नजिकपनले सलमानसँग टाढिइन् कैटरिना । सम्बन्ध सकिएपछि पनि सलमान र कैफ एक अर्कासँग आरोप प्रत्यारोपमा उत्रिएनन् । उनीहरु अहिले पनि एक अर्कालाई सम्मानका साथ भेटघाट गर्ने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप