सुरु भयो उद्योग वाणिज्य महासंघको निर्वाचन (तस्बिरहरु)
शनिबार, १३ मङ्सिर २०७७, १० : ४९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु भएको छ । निर्वाचनका लागि तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकिएकोमा एशोसिएट तर्फको मतदान केन्द्र कार्की बैक्वेटमा बिहान ९ बजे, वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा १० बजे र जिल्ला नगरतर्फ राष्ट्रिय प्रज्ञ प्रतिष्ठडान कमलादीमा १० बजेदेखि मतदान सुरू भएको हो ।
कोभिड–१९ कै बीच आयोजना हुँदै गरेको निर्वाचनको स्वास्थ सुरक्षालाई ध्यानमा राखी छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय चन्द्र ढकाल र किशोर प्रधानको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ६० कार्यकारिणी सदस्यहरु गरी कुल ६४ पदका लागि निर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल