शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ढुंगाले लागेर महिलाको मृत्यु

शनिबार, १३ मङ्सिर २०७७, १२ : ०२
शनिबार, १३ मङ्सिर २०७७

गुल्मीको हाडहाडेमा ढुङ्गाले लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्वर ३, हाडहाडे स्थित नादी मस्यारा झुल्केपोखरी मोटरबाटो माथिबाट खसेको ढुङ्गाले लागेर स्थानीय ३६ बर्षीया श्यामकुमारी मुखियाको ज्यान गएको प्रहरीले जनाएको छ ।

   शनिवार पोष्टमार्टमका लागि जिल्ला अस्पताल शव लिएर आएका स्थानीय समाजसेवी बाबुलाल नेपालीका अनुसार मुखिया त्यस मोटरबाटो उपभोक्ता समितिकी सदस्य थिइन् । घाँस काट्न गएको बेला माथि ढोजरले मोटरबाटो खन्दा खसेर भिरमा अड्किएको ढुङ्गा खसेर उनलाई लागेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप