
वर्षा राउतलाई सोल्टिनी भन्दै पछि लागे पल शाह

काठमाडौं । गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक ‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्माको स्वर रहेको छ । गीतको भिडियोलाई काठमाडौं उपत्यकाको रमणीय स्थलमध्येको एक गोदावरीमा छायाङकन गरिएको छ ।
सार्वजनिक भिडियोमा अभिनेता पल शाह र वर्षा राउतको अभिनय रहेको छ ।
फिल्मी शैलीको डान्सिङ गीतको भिडियोमा पल र वर्षाको लोभलाग्दो अभिनय रहेको छ । जहाँ पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अवतारमा प्रस्तुत भएका छन् ।
निर्देशक गम्भीर विष्टले निकै मेहेनत गरेका उक्त गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् ।
गीतकार न्यौपानेका यसअघि ‘उजाडियो शिशिर’मा (विभिन्न शीर्षकमा पुरस्कृत), ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत)लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ